१२ श्रावण २०८१, शनिबार

इन्द्रसराेवरमा सुमो दुर्घटना , मृतककाे संख्या ६ नाग्यो

प्रकाशित मिति :  27 December, 2019 4:54 pm


काठमाडाैं, ११ पुस

मकवानपुरमा जीप दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ६ पुगेकाे छ । अन्य २ घाइतेकाे उपचार भइरहेकाे छ । इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडामा ना१ज ३४३३ नम्बरको सुमो शुक्रबार दिउँसो अनियन्त्रित भइ दुर्घटना भएकाे प्रदेश ३ का प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले बताए ।

दुर्घटनामा परी माउन्ट एभरेस्ट बाेर्डिङ स्कुल चन्द्रनिगाहपुरका शिक्षक मनिस विक र उनकी श्रीमतीकाे मृत्यु भएकाे छ । यसैगरी २ जना राैतहटकाे नजरपुर, एक जना चन्द्रनिगाहपुरका र अर्का एक व्यक्तिकाे मृत्यु भएकाे बताइएकाे छ । उनीहरूकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !