७ बैशाख २०८१, शुक्रबार

टिभीएस मोटर कम्पनीले पब्जी मोबाइल च्याम्पियन-२०२१ प्रायोजन गर्ने

प्रकाशित मिति :  18 April, 2021 1:16 pm


काठमाडौं । टिभीएस मोटर कम्पनीले नेपालमा “पब्जी मोबाइल च्याम्पियन २०२१” को प्रायोजन गर्ने भएको छ ।

च्याम्पियनसिपमा भाग लिनको लागि २०७८ वैशाख ५ गते देखि दर्ता सुरु भएको छ । खेलका तीन भाग्यशाली विजेताहरूले टिभिएस एनट्रक १२५ स्क्वाइड इडिसन स्कुटर जित्ने मौका पाउँनेछन् ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नेपालका युवाहरुलाई सधै प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएको बताए ।

च्यम्पियनसिपमा ६ सय भन्दा बढी टिम, २५ स्ट्रि««मिङ्घ च्यानलहरु र १६ स्ट्रिमरहरुको सहभागिता हुने जगदम्बा मोर्टसले जनाएको छ । जसमा फो के गेमिङ, एसके फोर्टी नाइन मिस्टर होँयोजु पनि समावेश हुने छन् । च्याम्पियनशिप आगामी ४५ दिनसम्म चल्ने छ ।



प्रतिक्रिया दिनुहोस !