२० बैशाख २०८१, बिहिबार

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रकाशित मिति :  18 April, 2021 2:08 pm


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १–१ रुपैयाँ बढाइएको हो ।

शनिबार राति देखि लागू हुने गरी नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ तय गरिएको निगमले जनाएको छ ।

त्यस्तै आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा पनि बृद्धि भएको छ । साबिकको मूल्यमा २ रुपैयाँ प्रति लिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने नबढेको निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !