२० बैशाख २०८१, बिहिबार

पाँच दस वर्षमा अन्य ग्रहको जीवन संकेत फेला पार्न सकिने नयाँ शक्तिशाली दूरबिन

प्रकाशित मिति :  18 April, 2021 5:36 pm


काठमाडौं । आगामी पाँच देखि दस वर्षसम्म शक्तिशाली नयाँ दूरबिनको सहयोगले अन्य ग्रहका जीवनका संकेतहरू फेला पार्न सकिने अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाको जेम्स बेब स्पेस टेलिस्कोप(जेडब्लुएसटी)ले आगामी पाँच देखि दस वर्षसम्म अन्य ग्रहको जीवनको संकेत फेला पार्न सक्ने ओहियो स्टेट युनिभर्सिटीमा विद्यावारिधिका विद्यार्थी क्याप्रिस फिलिप्सले जनाएका छन् ।

अक्टोबर २०२१मा नयाँ शक्तिशाली दूरबिनको जडान गरिने भएको छ । वर्षौको ढिलाइ पछि जडान हुन लागेको यो दूरबिनले सुदुर अन्तरिक्षमा रहेका ग्रहहरूमा हुन सक्ने जीवनको जानकाारी ६० घन्टा भित्र थाहा पाउन सकिने विश्वास गरिएको छ ।

विद्यावारिधि गर्ने फिलिप्सले नयाँ दूरबिनले कसरी टाढाका ग्रहहरूमा रहेका जैविक जीवनको पहिचान गर्ने विषयमा त्यहाँ प्रस्तुति दिने भएका छन् ।

अक्टोबरमा जडान गरिने नयाँ दूरबिनले अमोनियाका संकेतहरू पहिचान गर्न सक्छ । जैविक प्रकृतिको पहिचानका लागि अमोनियाको उपस्थिति एक महत्वपूर्ण मानिन्छ ।

खगोलजीव वैज्ञानिक(अस्ट्रोबायोलजिस्ट)हरूले अमोनियाको उपस्थितिलाई जीवनसँग जोड्ने एक महत्वपूर्ण मान्ने गरेका छन् । जेडब्लुएसटीले इन्फ्रारेड सलुसनमा सुधार गरेको छ । यसले टाढाको वस्तुलाई हेर्न सघाउँछ ।

यो नयाँ दूरबिनले मानिसलाई अन्य ग्रहमा पृथ्वीमा भएजस्तो जीवजन्तु छ छैन त्यसको संकेतहरू फेला पार्न सक्ने विश्वास लिइएको छ ।



प्रतिक्रिया दिनुहोस !