१५ बैशाख २०८१, शनिबार

त्रिकोणात्मक टी २० सिरिजमा नेपाल एक खेल अगाडी नै फाइनलमा

प्रकाशित मिति :  21 April, 2021 5:11 pm


काठमाडौं ।  त्रिकोणात्मक टी २० सिरिजमा नेपाल एक खेल अगाडी नै फाइनलमा पुगेको छ ।

मलेसिया र नेदरल्याण्ड्सको खेल बराबरीमा सकिएपछि दुबैले एक एक अंक बाँड्दा नेपालले फाइनलमा स्थान पक्का गर्यो । नेदरल्याण्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । अब नेपाल र नेदरल्याण्ड्स उपाधिका लागि भिड्ने छन् ।

बर्षाका कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले सात विकेट गुमाउदै एक सय सात रन बनायो । तर डक वर्थ एण्ड लुइसको नियमका आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य पायो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाउँदा बर्षाले खेल रोकिएको थियो । जसका कारण त्यसपछि सुरुहुँदा खेल १३ ओभरमा झारिएको हो ।

उसले डच टिमको स्कोर २२ रन हुँदा तीन विकेट लिएको थियो । तर त्यसपछि पिटर सेलार र बेन कुपरविच ६६ रनको साझेदारी हुँदा टिम सम्हालिएको थियो ।

नेदरल्याण्ड्सका लागि कुपरले ५४ रन बनाए भने सेलारले ३७ र एन्टोनियुस स्टालले १० रनको योगदान गरे ।

जवाफमा मलेसियाले १० ओभर चार विकेट गुमाउँदा समान स्कोर बनाएपछि खेल टाइ भएको थियो ।

पहिलो विकेटका लागि मलेसियाका अनवर अरुदिन र सेइद अजिजले ५६ रनको साझेदारी गरेका थिए । तर मलेसियाको स्कोर ६ ओभरमा ५६ रनको अवस्थामा भारी बर्षा भएपछि खेल दोस्रो पटक रोकिएको थियो । जसमा फेरी डकवर्थको नियम अनुसार मलेसियाले १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पायो ।

उसका अनवर अरुदिन २३ रनमा आउट भएपछि मलेसियाले पहिलो विकेट गुमायो । त्यसपछि अजिज ब्यक्तिगत ३० रनमा पेभेलियन फर्किदा मलेसियाको स्कोर ६६ रनमा दुई विकेटको अवस्थामा थियो ।

विरन्दिप सिंहपनि १४ रनमा आउट हुँदा मलेसियाले ७६ रनमा तेस्रो विकेट गुमायो । अन्तिम ओभरमा मलेसियालाई जितका लागि ६ रन चाहिएको थियो । तर उसले पाँच रन बनाएपनि खेल टाइ भएको थियो ।

सुपर ओभरमा जाने कट अफ समय नभएपछि दुबै टिमले एक एक अंक बाँडे । नेपालले लिग चरणको अन्तिम खेलमा नेपालले विहिबार मलेसियासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !