२२ बैशाख २०८१, शनिबार

ज्योति विकास बैंकको खुद नाफामा उछाल, कति पुग्यो पिई रेसियो

प्रकाशित मिति :  22 April, 2021 12:22 pm


काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेडलेको खुद मुनाफा ३८.१९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष सोही अवधिको तुलनामा यस वर्ष ३८.९ प्रतिशतले खुद नाफा बढेको हो ।

आज प्रकाशित तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष चैत्र मसान्त सम्म बैंकले ६० करोड २५ लाख खुद मुनाफा कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकले ४३ करोड ६० लाख रुपैयाँ खुद नाफ कमाएको थियो ।

अघिल्लो आर्थिक बर्षको यहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९ करोड ५४ लाख रहेकोमा अहिले यो अवधि सम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५३.९१ प्रतिशतले बृद्धि भएर ४३ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष बढेर १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ६.३३ प्रतिशतले घटेर १ अर्ब १ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैया ६३ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर २० रुपैयाँ ८९ पैसा पुगेको छ बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १२.७३ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !