२० बैशाख २०८१, बिहिबार

सिटी एक्प्रेसद्वारा कोरोना बिमा दाबी भुक्तानी हस्तान्तरण

प्रकाशित मिति :  27 April, 2021 11:46 am


काठमाडौं ।

सिटी एक्प्रेस मनी ट्रान्सफरले कोरोना बिमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले कोरोना अवधिमा अभिकर्ताहरुको बीमाको व्यवस्था गरेको थियो ।

बिमा गरेका मध्ये मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई जनही ५० हजार रुपैया कोरोना बीमाको दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

दाबी भुक्तानी पाउनेमा साई बाबा रेमिट् चाबहिलका हरी कुमार श्रेष्ठ , अन्लाईन सब् रेमिट काठमाडौंका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड् सेन्टर नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्स्फर सुनसरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेट्वर्क परासीका शेर बहादुर गुरुङ र हीरा इन्टप्र्राइजेज नवलपुरका कृष्ण गिरी छन् ।

कम्पनीले बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !