१५ बैशाख २०८१, शनिबार

जुम्लाको चन्दननाथमा भारतको सहयोगमा साना जलविद्युत प्लान्ट पुनर्स्थापना

प्रकाशित मिति :  5 May, 2021 4:16 pm


काठमाडौं ।

हिमाली जिल्ला जुम्लाको चन्दननाथ नगरपालिकामा भारतीय सहयोगमा साना जलविद्युत प्लान्ट पुनर्स्थापना सम्पन्न भएको छ ।

भारत सरकारको २ करोड ६३ लाख रुपैया आर्थिक सयोगमा पुनर्स्थापापित प्लान्टको बुधबार भुर्चुअल माध्यमबाट उद्घाटन गरिएको हो ।

भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति जुम्ला र नेपाल विद्युत प्राधिकरण जुम्लाका अधिकारीहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो प्लान्टबाट सो क्षेत्रका करिव २० हजार जनता लाभान्वित हुनेछन् ।

नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा निर्माण गरेको २ सय किलोवाटको सो प्लान्टमा प्राकृतिक विपद्का कारण क्षति पुगेको थियो । उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनस्र्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको नेपालका लागि भारतीय दूतावासले जनाएको छ ।

भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ । जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजना सहित १० वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् ।

भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रदेश नं ६ का ४ वटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । यी बाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !