१४ बैशाख २०८१, शुक्रबार

सार्क अर्थमन्त्री अनौपचारिक वैठकः कोभिड प्रभावित आर्थिक सामाजिक पुनरुत्थानमा जोड

प्रकाशित मिति :  5 May, 2021 5:01 pm


काठमाडौं ।

सार्क क्षेत्रका अर्थमन्त्रीहरुको अनौपचारिक वैठक सम्पन्न भएको छ । वैठकले सार्क स्तरिय आर्थिक सामाजिक पुनरोरुत्थानमा जोड दिएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न वैठकमा अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरुले कोभिडको प्रभावलाई न्यूनीकरण एवं आर्थिक सामाजिक पुनरुत्थान गर्न एकआपसमा सहयोग हुनुपर्ने धारणा राखेका छन् ।

कोरोनाको दोस्रो लहर झन भयावह हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै विकासका लागि सार्क मुलुकबीच सहकार्य गर्नुपर्ने विचार व्यक्त गरिएको छ ।

वैठकको अध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैठकलाई सम्बोधन गर्दै कोभिड १९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको चर्चा गरे ।

“समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ,” उनले भने, “अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपुर्ण नै रहेका छन् ।”

आशातित रुपमा आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड (१९ को दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भिर असर पुगेको उनले बताए ।

कोभिड १९ का कारण व्यक्तिको आम्दानी तथा रोजगारीमा ब्यापक कटौती भएको, समावेशी बृद्धि, मानव विकास र गरिबी निवारणका प्रयासमा चुनौति थपेको पौडेको ठम्याइ छ ।

महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रभावित पारिरहेको सन्दर्भमा जनजीविकालाई बचाउन विश्वव्यापी एक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए ।

उनलेले खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको बताए ।

आर्थिक पुनरुत्थानको गतिलाई दीगो बनाउनको लागि साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर हामी सबैले काम गर्नु पर्ने समय आएको भन्दै अर्थमन्त्री पौडेलले रोजगारी सृजना र स्वदेशी उत्पादनमा अधिकरुपमा केन्द्रित भई आर्थिक कृयाकलापहरु विगतको भन्दा राम्रो निर्माणका लागि आवश्यक सहजीकरण गर्न आवश्यक नीति तथा रणनीति एकसाथ तय गर्नु गर्नुपर्ने उनको धारणा छ ।

एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरुको बैठक भएको हो । अर्थमन्त्री पौडेलले कोभिड(१९ महामारीको सामना गर्न तथा आर्थिक प्रबर्द्धन लगायतमा विकासोन्मुख सदस्य देशहरुलाई वित्तीय तथा प्राविधिक सहयोग उपलव्ध गराएकोमा एसियाली विकास बैकलाई धन्यवाद दिए ।

बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरका थिए ।

पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पूँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले गरेका थिए ।

सार्कका महासचिव इसाला रुवान वीराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड(१९ बाट आर्थिक पुनरुत्थान स् समावेशी तथा उत्थाशिल आर्थिक वृद्धि विषयमा छुट्टाछुट्टै प्रस्तुति गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !