१४ बैशाख २०८१, शुक्रबार

रुपन्देहीमा छ हजार सक्रिय संक्रमित

प्रकाशित मिति :  7 May, 2021 11:19 pm


बुटवल । रुपन्देही जिल्लामा पछिल्लो २४ भण्टामा ७८२ जना कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाभर सक्रिय संक्रमितको संख्या छ हजार पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १२२१ जनाको पिसीआर परिक्षण र ६४ जनाको एन्टीजेन परीक्षणमा ७८२ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयमा रुपन्देहीमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्य भएको छ । हालसम्म रुपन्देही जिल्लभर २५३ जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा हाल सक्रिय संक्रमितको संख्या छ हजार पुगेको छ भने हालसम्म् १० हजार ६२१ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

रुपन्देहीका विभिन्न पालिकामा पाँच हजार ७३१ जना होम क्वारेन्टिमा छन् ।

 



प्रतिक्रिया दिनुहोस !