१२ श्रावण २०८१, शनिबार

चिसोका कारण हुम्लाका सबै विद्यालय ४५ दिनका लागि बन्द

प्रकाशित मिति :  1 January, 2020 3:05 pm


१६ पुस, सिमीकोट ।
हिमाली जिल्ला हुम्लाका सम्पूर्ण विद्यालयहरु बुधबारदेखि ४५ दिनका लागि बन्द भएका छन् ।

नियमितजसो नै पुस १६ गतेदेखि माघ मसान्तसम्म हिमाली जिल्लाहरुमा चिसोका कारण यो अवधीमा छुट्टी दिइने गरेको छ ।

वार्षिक परीक्षा सम्पन्नपछि विद्यार्थीहरु विद्यालयमा नआए पनि शिक्षकहरुले परीक्षाफल प्रकाशन गर्ने र आगामी शैक्षिक सत्रका लागि नयाँ कार्ययोजना बनाउने लगायतका कामहरु पुस १५ गतेसम्म चलेका थिए ।

नयाँ शैक्षिक सत्र भने आगामी फागुन लागेपछि मात्र सञ्चालन हुने जनाइएको छ । जिल्लाका अरु विद्यालयहरुमा यस अघि नै वार्षिक भएका थिए ।

हुम्लामा सबै तहका गरी १४६ वटा विद्यालय रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !