३ जेष्ठ २०८१, बिहिबार

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रकाशित मिति :  3 January, 2020 1:09 pm


काठमाडौं, १८ पुस ।

सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने बिहीबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला एक हजार बढेर ७४ हजार २०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोलामा १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !