१४ बैशाख २०८१, शुक्रबार

कुखुरा उत्पादनमा स्वदेशी धुलो दुध प्रयोग गर्न पोल्ट्री महासंघको आव्हान

प्रकाशित मिति :  18 May, 2021 5:10 pm


काठमाडौं । कुखुरा उत्पादनमा स्वदेशमै उत्पादन भएको धूलो दुध (एसएमपी) प्रयोग गर्न नेपाल पोल्ट्री महासंघले आव्हान गरेको छ ।

पहिलो र दोस्रो चरणको कोरोना लहरका कारण ठूलो मात्रामा धुलो दुध स्टकमा समेत रहेकाले स्वदेशी उत्पादन प्रयोग गर्न महासंघले आव्हान गरेको हो ।

महासंघका महासचिव दिनेश राज मिश्रले मंगलबार महासंघको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै सदस्य तथा सरोकारवालाहरुलाई स्वदेमै उत्पादन भएको धुलो दुध गुणस्तरिय भएकाले प्रयोग गर्न सार्वजनिक अपिल गरेका हुन् ।

पोल्ट्री क्षेत्रमा भ्याक्सिन तथा कुखुरा र अन्य पशुपंक्षीका दाना उत्पादन, विभिन्न रोगको उपचार परिपुरकका रुपमा तथा माउ जातका र अण्डा पार्ने कखुराहरुमा धुलो दुधको नियमित प्रयोग गर्ने गरिन्छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको समन्वयमा राष्ट्रिय दुग्ध विकास बोर्डले अघिल्लो लकडाउनदेखि स्टकमा रहेको र थप उत्पादन हुने दुधको बजार सुनिस्थित गर्न पोल्ट्री उद्योगमा दुग्ध खपतको योजना अगाडि सारेको हो ।

“एकातिर धुलो दुधले बजार नपाउँदा किसान र उद्योगी पीडित भइरहेको अवस्था छ भने अर्कोतिर कोरोना कालमा कुखुरा उद्यमीले बाहिरबाट आयात गरेर आपूर्ति गर्नुपर्ने बाध्यता भएकाले हामीले दुग्ध उद्योग र पोल्ट्री उद्योगबीच व्यावार विस्तारको लागि सहजीकरण गरेका हौं,” राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले भने ।

यही १ गते बोर्डले वैठकको आयोजना गरि सरोकारवालबीच छलफल गरेको थियो । महासचिव मिश्रले वैठकको निर्णय अनुसार महासंघले स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने प्रक्रिया अगाडि बढाएको बताए ।

पोल्ट्री क्षेत्रमा प्रयोग भइरहेको आयातित धुलो दुधमा प्राकृतिक तत्वहरु नुने, अखाद्य वस्तुको मिसावट ुन सक्ने, आवश्यक क्वारेन्टाइन प्रक्रिया पुरा नगरी आयात हुने, सम्बन्धित निकायमा दर्ता नहुने, किसान तथा पशुपंक्षी औषधी पसलमा त्यस्ता दुध खरिद गर्दा विल पनि नपाइने जस्ता समस्या हुने भएको उल्लेख गर्दै स्वदेशी उत्पादन प्रयोग गर्न महासंघले आव्हान गरको छ ।

“स्वदेशमा नै गुणस्तरिय मापदण्डका साथ प्रचुर मात्रामा उत्पादन हुँदै आएका नेपाली धुलो दुध (एसएमपी) को प्रयोग नेपाली पोल्ट्री क्षेत्रमा प्रयोग गरि प्रतिफल लिनका लागि सबैमा अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

पोल्ट्री महासंघको निर्णयको नेपालका दुग्ध क्षेत्रका सरोकारवालाले स्वागत गरेका छन् । “वैकल्पिक बजारको खोजीको लागि यो निकै सराहनिय काम भएको छ, यस्ता कदमले दुग्ध बजारमा सकारात्मक उर्जा दिएको छ,” डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले भने ।

नेपाल डेरी एसोसिएशनले महासंघको विज्ञप्ति आफ्नो फेसबुकमा सार्वजनिक गर्दै खुशी व्यक्त गरेको छ । दुग्ध उद्योगीले गत वर्ष लकडाउनयता ३ अर्व बराबरको धुलो दुध, बटल लगायत स्टक रहेको बताएका छन् ।

संकटमा डेरी उद्योग : रु.३ अर्बको पाउडर दूध र बटर भण्डारण, दैनिक १० करोड रुपैयाँको दूध खेर

 



प्रतिक्रिया दिनुहोस !