१२ श्रावण २०८१, शनिबार

भलिबललाई नै राष्ट्रिय खेलको मान्यता दिने संसदीय समितिको निर्णय

प्रकाशित मिति :  6 January, 2020 8:20 pm


काठमाडौं, पुस ।  संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिले भलिबललाई नै राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेको छ।

राष्ट्रिय खेलकुद विकास विधेयकबारे छलफल गर्दै समितिले भलिबललाई नै राष्ट्रिय खेल बनाउने निर्णय गरेको समिति सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले जानकारी दिनुभयो।

राष्ट्रिय सभामा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयक प्रतिनिधि सभा हुँदै थप छलफलका लागि समितिमा पठाइएको थियो। सो विधेयक पुनः राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभामा जानेछ। प्रतिनिधि सभाले पास गरेपछि त्यसले ऐनको रुप लिनेछ।



प्रतिक्रिया दिनुहोस !