२४ बैशाख २०८१, सोमबार

रूपन्देहीमा मत्स्य महाेत्सव सुरू, मन्त्री भुषालद्वारा उद्धाटन

प्रकाशित मिति :  15 January, 2020 7:51 pm


बुटवल, १ माघ । 

प्रदेश ५ काे रूपन्देहीमा मत्स्य महाेत्सव सुरू भएकाे छ । बुधबार संघीय कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुषालले महाेत्सवकाे उद्घाटन गर्नु भएकाे महाेत्सव पाँच दिनसम्म चल्नेछ ।

महोत्सवमा मन्तव्य गर्दै मन्त्री भुषालले मुलुक संघीयतामा गएपछि गठन भएका तीतै तहका सरकारबीच समत्वय गरेर कृषि विकासका कार्यक्रम कार्यान्वयनमा ल्याउने बताउनु भयाे । कृषि विकासकाे लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले संघ, प्रदेश र स्थानीय तीनै सरकारकाे प्राथमिकतामा परेकाले कृषिमा लगानी समेत बढेकाे चर्चा गर्नु भयाे ।

संविधानले जनताकाे अधिकार सुनिश्चित गरेकाले ती अधिकारकाे रक्षा गर्दै सरकार अार्थिक विकासकाे बाटाेमा अगाडि बढेकाे भुषाालले बताउनु भयाे । ”आर्थिक रुपमा क्रान्ति गर्न बाँकी छ, आर्थिक विकासको विकल्प छैन,” उहाँले भन्नुभयाे, ”‘अब हामी दुनियाँको सामु देखाउनको लागि पनि आर्थिक विकास गर्नुपर्दछ ।” उहाँले अवको अभियान भनेको आर्थिक विकास नै रहेको बताउनु भयाे ।

रूपन्देहीकाे सियारी गाउँपालिका वडा नम्बर ७ अन्तर्गतकाे अमुवामा सुरू भएकाे ‘रूपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६’ मत्स्य मत्स्य उत्पादक किसान संघ रुपन्देहीको आयाेजना गरेकाे हाे । मत्स्य सुपरजाेन तथा सैनामैना नगरपालिका,  गैडहवा गाउँपालिका, सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका लगाएतले सहयाेग गरेका छन् । रूपन्देहीमा हरेक वर्ष मत्स्य महाेत्सव हुने गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !