१९ मंसिर २०८२, शुक्रबार

युइएफए युरोकप फुटबल अन्तर्गत आज समूह ‘डी’को अन्तिम चरणका दुई खेल

प्रकाशित मिति :  22 June, 2021 5:38 pm


काठमाडौं । युइएफए युरोकप फुटबल अन्तर्गत आज समूह ‘डी’को अन्तिम चरणका दुई खेल हुँदै छन् ।

लण्डनको वेम्बली स्टेडियममा नेपाली समय अनुसार राती १ बजे चेक रिपब्लिकले इङल्याण्डसँग र क्रोएसियाले स्कटल्यान्डसँग खेल्नेछन् । उक्त खेलबाट दुवै टोली जित निकाल्दै समूह विजेताको रुपमा अघिल्लो चरण पुग्न चाहन्छन् ।

चेक रिपब्लिक ४ अंकमा समूह ‘डी’को शीर्ष स्थानमा रहेर यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । समान ४ अंक भएको इङल्याण्ड दोस्रो स्थानमा छ, । आजको खेलमा बराबरीले मात्रै पनि दुवै टोली अघिल्लो चरणमा पुग्नेछन्।

क्रोएसिया र स्कटल्यान्ड

समूह ‘डी’को अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका क्रोएसिया र स्कटल्याण्डले पनि जित निकाल्दै अघिल्लो चरण पुग्ने सम्भावनालाइ जीवित राख्दै अघि बढ्न चाहन्छन् । यो खेल पनि राति पौने १ बजे नै हुनेछ ।

बराबरीले पनि दुवै टोलीको अघिल्लो चरण पुग्ने सम्भावना सकिनेछ । आजको खेलमा जित निकालेर मात्रै पनि यो टोलीलाई सहज भनेहुने  छैन । गोल अन्तरले पनि धेरै फरक पार्नेछ ।



प्रतिक्रिया दिनुहोस !