युरोकप फुटबलमा आज चार खेल हुँदै,स्पेनलाई जित्नैपर्ने दबाब
काठमाडौं । १६ औं संस्करणको युएफए युरोकप फुटबलमा आज चार खेल हुँदैछन् । आज हुने खेलमा समूह इ र एफका २/२ खेल हुन लागेका हुन् ।
समूह ‘ई’अन्तर्गत राती १०:४५ बजे स्पेन विरुद्ध स्लोभाकिया तथा स्वीडेन विरुद्ध पोल्याण्ड भिड्ने छन् ।
रसियाको क्रिस्टोभ्स्की स्टेडियममा हुने खेलमा नकआउट चरणमा प्रवेश गर्न स्वीडेनलाई पोल्याण्डले पराजित गर्नुपर्ने छ । स्वीडेन अहिलेसम्म ४ अंक जोडेर समूहको शीर्षस्थानमा रहेको छ । पोल्याण्डले यसअघिको खेलमा स्लोभाकियासँग पराजय ब्यहोरेको थियो भने स्पेनसँग बराबरी खेलेको थियो।
समूह ‘ई’को उपाधि दाबेदारको रुपमा मानिएको स्पेनले यसअघिका दुई खेलमा स्वीडेन र पोल्याण्डसँग बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको थियो। स्पेनलाई अर्को चरण जान आज जित्नै पर्ने दवाब छ। समूहमा स्वीडेन ४ अंकसहित शीर्षस्थानमा छ भने ३ अंक जोडेको स्लोभाकिया दोस्रो, दुई अंक जोडेको स्पेन तेस्रो र एक अंक जोडेको पोल्याण्ड तालिकाको पुछारमा छ।
त्यस्तै आज राति नै हुने समूह ‘एफ’का खेलहरुमा पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरी आमनेसामने हुनेछन्। दुबै खेल नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुनेछ ।
शीर्ष स्थानमा रहेको फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा जाने लक्ष्यका साथ मैदानमा उत्रने छ भने साबिक यूरो कप बिजेता पोर्चुगल पनि खेलमा जित निकालेर समूह विजेता बन्ने होडमा हुनेछ। जर्मनीले राति नै हुने खेलमा फ्रान्ससँग बराबरी र पोर्चुगलसँग पराजय ब्यहोर्दै १ अंक जोडेको हंगेरीको समाना गर्नेछ। यदि फ्रान्सले पोर्चुगललाई हराएको खण्डमा र हंगरीले जर्मनीलाई हराए शीर्ष दुईमा रहँदै हंगेरीले अन्तिम १६ को यात्रा तय गर्ने संभावना रहने छ ।
यी ४ खेलसँगै समूह चरणका सबै खेलहरु सकिनेछन्।







