चेक रिपब्लिक युरोकप फुटबलको नकआउट चरणमा
प्रकाशित मिति : 23 June, 2021 12:56 pm
काठमाडौं । चेक रिपब्लिक १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणको अन्तिम १६ मा प्रवेश गरेको छ।
राति इंग्ल्याण्डसंग १-० ले पराजित भए पनि नकआउट चरणमा प्रवेश गरेको छ। समूह डीको चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो र चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रहदै उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा पुगेको हो।
इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्दै समूह को शीर्ष स्थानमा रहे भने सोहि राति भएको क्रोएसिया विरुद्ध स्कटल्यान्डमाथि को खेलमा ३–१ गोल अन्तरको जित निकाल्दै समग्र ३ खेल मा ४ अंक जोड्दै गोल अन्तर को आधार मा उप बिजेता हुदै अन्तिम १६ मा प्रवेश गरको छ।







