युरोप कप अन्तर्गत पोर्चुगल अन्तिम १६ मा पुग्ला ?
काठमाडौं । १६ औं युरोप कप फूटबल प्रतियोगिता अन्तर्गत आजको खेल नेपाली दर्शकका लागि पनि महत्वपूर्ण हुने छ ।
किनकी युरोप कप फूटबलमा आज हुने खेलमा पोर्चुगल अन्तिम १६ मा पुग्छ कि पुग्दैन टुंगो लाग्ने छ ।
अहिलेसम्म इटाली, वेल्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, अष्ट्रिया, इंग्ल्याण्ड र क्रोएशिया विजेता र उपविजेता तथा समूह खेलको उत्कृष्ट तेस्रो बनेर स्विजरल्याण्ड र चेक गणतन्त्रले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेका छन् । बाँकी टोलीको आज हुने खेलबाट टुंगो लाग्ने छ ।
पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोका नेपाली समर्थकको संख्या ठूलो छ । अहिलो चरणको आफ्नो अन्तिम खेलमा फ्रान्सको बिरुद्ध बराबरी खेलेमात्रै पनि अन्तिम १६ मा स्थान पक्का गर्नेछ ।
फ्रान्सँग २–० गोलसम्मको अन्तरमा पराजित भए पोर्चुगललाई दोस्रो चरणको यात्रा सहज हुने छ । तर, ३ शून्य गोल अन्तरमा पराजित हुँदा पोर्चुगल समूह इ को खेल परिणामले युरोप यात्राको टुंगो गर्ने छ ।







