१२ बैशाख २०८१, बुधबार

भारतीय विदेशमन्त्री एस जयशंकर र केन्याका समकक्षीबीच भेटवार्ता

प्रकाशित मिति :  24 June, 2021 8:07 am


नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले केन्या सकमक्षी रेसेल ओमामोसँग भेटवार्ता गरेका छन् ।केन्याको तीन दिने भ्रमणमा गएका विदेशमन्त्री जयशंकरले केन्या समकक्षीसँग द्धिपक्षीय सहकार्य तथा क्षेत्रीय र ग्लोबल बिषयहरुमा छलफल गरेका छन् । केन्या समकक्षी ओमामोसँगको भेटवार्तामा द्धिपक्षीय सबन्धबारे परिणाममुलक छलफल भएको जयशंकरले बताएका छन् ।

भारत र केन्या दुबै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्य राष्ट्र भएको हिसाबले क्षेत्रीय तथा ग्लोबल बिषयमा छलफल भएको जयशंकरले ट्विइट गरेका छन् ।

केन्या समकक्षीको साथमा विदेशमन्त्री जयशंकरको अध्यक्षतामा हुने भारत केन्या संयुक्त आयोगको आगामी तेस्रो बैठकमा द्धिपक्षीय सम्बन्धबारे समीक्षा हुने बताईएको छ । विदेशमन्त्री जयशंकरले भारत केन्या सम्बन्धबारे अन्य केन्याका मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका छन् । स्रोत हिन्दुस्तान टाईम्स



प्रतिक्रिया दिनुहोस !