युइएफए युरो कप फूटबलमा आज अन्तिम १६ का दुई खेल
काठमाडौं । १६ औ संस्करणको युइएफए युरो कप फूटबलमा आज अन्तिम १६ का दुई खेल हुँदैछन् ।
नेपाली समय अनुसार बेलुकी पौने दश बजे हुने पहिलो खेलमा समूह ‘सी’ को विजेता नेदरल्याण्ड्स र समूह ’डी’ मा तेस्रो स्थानमा रहँदै उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा प्रवेश गरेको चेक रिपब्लिक बीच प्रतिस्पर्धा गर्दैछन् ।
यस्तै डिफेन्डिङ च्याम्पियन पोर्चुगलले फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमसँग प्रतिस्पर्धा गर्दै छ ।
यो खेल राति पौने १ बजे सेभिल्लामा हुने छ । पोर्चुगलले २०१६ मा फ्रान्सलाई पराजित गर्दै युरोको उपाधि जितेको थियो भने पछिल्लो समय फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा रहँदै आएको छ ।
पोर्चुगल आफ्नो समूहमा तेस्रो स्थानमा रहेपछि समूह बीको विजतो बेल्जियमसँग भेट गरेको हो ।
समूह चरणको खेलमा नेदरल्याण्ड्सले युक्रेन,अस्ट्रिया र नर्थ म्यासाडोनियामाथि सहज जित निकाल्दै ९ अंक जोडेर अन्तिम १६ मा प्रवेश गरेको हो ।
त्यस्तै समूह ’डी’मा चेक रिपब्लिक इङ्ग्ल्याण्डसँग १–० संग हार व्यहोरेको चेकले क्रोएसियासँग १–१ को बराबरी खेलेसंगै स्कटल्याण्डलाई २–० ले हराउँदै ४ अंक जोडेको थियो ।
समान ४ अंक जोडेको क्रोएसियासँगै गोलअन्तरको आधारमा अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।







