माडी–दाङ डाइभर्सनको अध्ययन चाँडै शुरु हुने
दाङ, ६ माघ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले माडी–दाङ डाइभर्सनको अध्ययन चाँडै शुरु हुने बताएका छन् ।
मगर भाषा, साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा घोराहीमा भएको मगरात सांस्कृतिक भेषभूषा प्रतियोगिताको समापनलाई आइतबार सम्बोधन गर्दै पुनले माडी होइड्रोलाई माडी–दाङ डाइभर्सनसँग जोड्न खोजिएको जानकारी दिए ।
उनले २३ किलोमिटर सुरुङमार्फत दाङमा माडीको पानी झारेर ५६ हजार हेक्टर जमीनमा सिंचाइ सुविधा पुग्ने बताए । यो बर्ष दाङसहित ४० जिल्लामा पूर्णविद्युतीकरण गरिने भन्दै उर्जामन्त्री पुनले अब दाङका कोही घर पनि अँध्यारोमा बस्नुनपर्ने दाबी गरे ।
मन्त्री पुनले देशलाई समृद्धिको दिशामा अघि बढाउन भौतिक र मानवीय पूर्वाधार विकासलाई सँगसँगै बढाउनुपर्ने उहाँले बताउनुभयो ।
बिशिष्ठ अतिथि प्रदेशसभा सदस्य बसन्त घर्ती मगरले मगरात जाति नभए सभ्यता र भूगोल भएको स्पष्ट गर्नुभयो ।