१९ मंसिर २०८२, शुक्रबार

चेक रिपब्लिक र बेल्जियम युइएफए युरो कप फूटबलको अन्तिम आठमा,पोर्चुगल बाहिरियो

प्रकाशित मिति :  28 June, 2021 2:17 pm


काठमाडौं । चेक रिपब्लिक र बेल्जियम युईएफए युरो कप फूटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।

गएराती भएको पहिलो खेलमा १० खेलाडीमा सिमित नेदरल्याण्ड्सलाई २–० शून्यले पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा पुगेको हो।

समूह ‘डी’ को तेस्रो बन्दै अन्तिम १६ मा पुगेको चेकले समूह ‘सी’ मा तीनवटै खेल जित्दै विजेता बनेको नेदरल्याण्ड्सलाई पराजित गरेको हो ।
चेकले अब क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । हारपछि नेदरल्याण्ड्स बाहिरिएको छ ।

त्यस्तै मध्यराति भएको पोर्चुगल र बेल्जियम बीच को खेलमा १ शून्यको अन्तरले साबिक यूरो कप बिजेता पोर्चुगलको हार संगै बेल्जियमले अन्तिम आठमा आफनो स्थान सुरक्षित गरेको छ ।

पहिलो हाफमा १ शून्यले पछि परेको क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले दोस्रो हाफमा बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । समूह चरणको तीनवटै खेलमा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।

पहिलो पटक युरोकप जित्ने लक्ष्यमा रहेको बेल्जियमले अब क्वाटरफाइनलमा इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !