१९ मंसिर २०८२, शुक्रबार

 युरो कप फुटबलमा क्रोएसिया विरुद्ध स्पेन तथा स्वीट्जरल्याण्ड विरुद्ध फ्रान्स भिड्दै

प्रकाशित मिति :  28 June, 2021 6:25 pm


काठमाडौं । युरोकपमा आज २ खेल हुँदैछन् ।

डेनमार्कस्थित पार्केन स्टेडियममा आज बेलुकी पौने १० बजे हुने पहिलो खेलमा क्रोएसिया र स्पेन भिड्दैछन् ।

४ अंक जोड्दै समूह ‘डी’ को उपबिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको क्रोएसियाले समूह चरणमा १ जित, १ हार र १ बराबरी खेलेको  थियो ।

त्यस्तै समूह चरणको अन्तिम खेलमा स्लोभाकियामाथि ५–० को फराकिलो जित निकाल्दै स्पेन समूह ‘ई’ को उपविजेता हो । सुरुवाती दुई खेल जसमा स्वीडेन र पोल्याण्डसंग बराबरी खेल्दै निराशाजनक सुरुवात गरेको गरेको थियो ।

त्यस्तै आजै राति पौने १ बजे रोमानियास्थित नेशनल एरेना स्टेडियममा फ्रान्स र स्वीट्जरल्याण्ड प्रतिस्पर्धा हुँदै छ । यसअघिको विश्वकप विजेता फ्रान्स ‘ ग्रुप अफ डेथ’ मानिएको समूह ’एफ’बाट विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । स्वीट्जरल्याण्ड समूह ’ए’ को तेस्रो स्थानमा रहदै तेस्रो स्थानको उत्कृस्ट टिममध्ये शीर्ष चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !