६ जेष्ठ २०८१, आइतबार

पर्साका ७४ हजार खसीबाख्रालाई लगाइयो पिपिआरको खोप

प्रकाशित मिति :  4 July, 2021 1:36 pm


वीरगञ्ज । खसी बाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसी बाख्रामा खोप लगाइएको छ ।

आर्थिक वर्ष २०७७/७८ को कार्यक्रमअनुसार सो रोग विरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए ।

उनले जनकपुर प्रयोगशालाबाट १ लाख ५० हजार डोज खोप मागेकामा ७४ हजार खोप डोज मात्र पठाइएको बताए । महामारीका रुपमा रहेको पिपिआर रोगविरुद्धको खोप प्रत्येक वर्ष लगाउँदै आए पनि पूर्णरुपमा खोप प्राप्त हुन नसकेकाले कतिपय ठाउँमा खसी बाख्रामा उक्त खोप लगाउन नसकिएको हो ।

पिपिआर रोग सरुवा रोग भएकाले समयमै खोप लगाएपछि अन्य ठाउँमा यो रोग भने सर्न सकेन । तीन महिनाभन्दा माथिका खसीबाख्रा, बोका, पाठापाठीलाई सो रोग विरुद्धको खोप लगाइए पनि गर्भिणी बाख्रालाई उक्त रोगविरुद्धको खोप भने लगाउन नहुने कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !