२१ बैशाख २०८१, शुक्रबार

ज्योति विकास बैंकको १० वर्षे ऋणपत्र आजदेखि बिक्री खुला

प्रकाशित मिति :  4 July, 2021 2:48 pm


काठमाडौं ।  ज्योति विकास बैंकले आज देखि १० बर्षे ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले आइतबारदेखि‘ज्योति विकास बैंक बन्ड–२०८७’ नामक ऋणपत्र सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको हो ।

बैंकले १ हजार अंकित दरका कुल १५ लाख इकाइको १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ६ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ३० हजार इकाइ सामूहिक कोषहरुका लागि छुट्याइएको छ भने बाँकी ५ लाख ७० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ३० हजार इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ।

ऋणपत्रको निष्कासन बन्द छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते बैंकिङ समयपछि गरिनेछ । बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !