१२ श्रावण २०८१, शनिबार

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न बेलायत जाँदै सन्दीप

प्रकाशित मिति :  8 July, 2021 3:18 pm


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न आज बेलायत जाँने भएका छन्।

सन्दीप आज राति टर्किस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन् ।

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता  सन्दीपले ओभलबाट खेल्नेछन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । सन्दीप सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।

गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो ।

द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि  सन्दीप एक लाख पाउण्डमा अनुबन्धित भएका हुन् । द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग (सिपिएल) खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए ।

केहि साता अघि भिषाको काम नहुदा सन्दीपले एउटा सिंगो टुर्नामेन्ट नै गुमाउनु परेको थियो । टुर्नामेन्ट गुमाउन परेपछि सन्दीपले सरकारबाट खेलाडीलाई कुनै सहयोग नभएको भन्दै गुनासो गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !