५ जेष्ठ २०८१, शनिबार

रुपन्देहीको मणिग्राममा माघ १० गतेदेखि दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला

प्रकाशित मिति :  22 January, 2020 2:56 pm


रूपन्देही,  ८ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा माघ १० गतेदेखि दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।

‘तिलोत्तमामा लगानी : समृद्धिको सुनौलो बिहानी’ नारासहित महोत्सव हुन लागेको हो ।

स्वदेशी र विदेशी गरी तीन सय स्टल सहभागी हुनेछन् । आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघले बुधबार मेलास्थलमा पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
माघ २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराउने र १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संघका अध्यक्ष गुणनिधि भण्डारीले बताए ।
कृषि, व्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको मेलामा लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने गरी प्रदेश ५ भित्र रहेका धार्मिक,पर्यटकीय र ऐतिहासिक स्थलहरुको फोटो र वृत्तचित्र प्रदर्शन गरिने अध्यक्ष भण्डारीले बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन गरिने उनले बताए ।

महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, प्रदेश स्तरीय लोक गायन प्रतियोगिता लोक तारा, तिलोत्तमा डान्स आइडल,जोडी नृत्य प्रतियागिता, बालबच्चासहित आउने महिलाका लागि छुट्टै स्तनपान स्थल र रत्यौली नृत्य महोत्सवका आकर्षणका रुपमा रहने संघका महासचिव कमल कंडेलले बताए ।
मेलामा कृषि, पर्यटन र ऐतिहासिक क्षेत्रका प्रवद्र्धन र यस क्षेत्रमा लगानी भित्र्याउन गोष्ठी र अन्तरक्रिया गरिने संघका उपाध्यक्ष ज्ञानेन्द्र कार्कीलेको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !