२९ बैशाख २०८१, शनिबार

कोरोना भाइरसको परीक्षण अब नेपालमै

प्रकाशित मिति :  27 January, 2020 2:24 pm


१३ माघ, काठमाडौं ।
विश्वभर फैलिरहेका कोरोना भाइरसको परीक्षण अब नेपालमै हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि परीक्षणका लागि एक सय जना बिरामीको परीक्षण गर्न सकिने गरी नोवल कोरोना भाइरस प्राइमर किट नेपालमा ल्याएको हो ।

विदेशी सप्लार्यसमाफर्त एक सय जनालाई पुग्ने किट आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइपुगेको हो। उक्त प्राइमर किटले कोरोना भाइरसको लक्षण देखिएका बिरामीको २४ घण्टाभित्रमा कोरोना भाइरस छ वा छैन भनेर पत्ता लगाउन सक्ने जनाइएको छ ।

यसअघि पुस २९ गते चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको लक्षण देखिएपछि उनको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको थियो । नेपालमा कोरोना भाइरसको परीक्षण किट नहुँदा ती युवामा कोरोना भाइरसको संक्रमणको पुष्टि नहुँदै अस्पतालले डिस्चार्ज गरेको थियो ।

यस्तै कोरोना भाइरसको आशंकामा शुक्रराज अस्पतालमा भर्ना भएका अन्य दुईजनाको पनि स्याम्पल परीक्षणका लागि हङकङ नै पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलन नदिन त्रिभुवन विमानस्थलमा विशेषज्ञ चिकित्सक सहित ८ जना स्वास्थ्यकर्मी परिचालन समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !