२३ श्रावण २०७९, सोमबार

प्रचण्ड निवास पुगेर उनकी पत्नीको स्वास्थ्य बारे प्रधानमन्त्री देउवाले जानकारी लिए

प्रकाशित मिति :  20 July, 2021 6:18 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे उनको निवास पुगेका छन् ।

मंगलबार दिउँसो खुमलटार पुगेर प्रधानमन्त्री देउवाले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएको जानकारी अनुसार प्रचण्ड पत्नी सीता सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी छिन् ।

मन्त्रिपरिषद् विस्तार, सरकारको साझा न्यूनतम कार्यक्रम र उच्चस्तरीय राजनीतिक संयन्त्र गठन सम्बन्धी समसामयिक विषयमा प्रधानमन्त्री देउवा र प्रचण्ड बिच बिहान बालुवाटारमा छलफल भएको थियो ।

बालुवाटारमा प्रचण्डले देउवालाई भेटिसकेपछि देउवा प्रचण्ड निवास गएका थिए ।

एमाले बरिष्ठ नेता माधवकुमार नेपालले देउवा सरकारमा सामेल हुने नहुने विषयमा अन्तिम टुङ्गो नगरेकाले विस्तारसम्बन्धी ठोस निर्णय प्रधानमन्त्रीले लिन नसकेका हुन ।



प्रतिक्रिया दिनुहोस !