१७ श्रावण २०७८, आईतवार

क्रियाशील सदस्यताको नाममा देउवालाई राजीनामा दिन लागेको कांग्रेस सांसदको भनाइमा अर्कै दाउ

प्रकाशित मिति :  ६ श्रावण २०७८, बुधबार १८:०९


काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहले क्रियाशील सदस्यतमा धाँधली भएकाले आफू प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिन गइरहेको बताएका छन् ।

क्रियाशील सदस्यता वितरणमा व्यापक रूपमा धाँधली भएको र वर्षौंदेखि कांग्रेसमा काम गर्दै आएका इमान्दार कार्यकर्ताहरू मर्कामा परेको बताउँदै आफूले राजीनामा दिन लागेको बताए ।

प्रधानमन्त्रीसँगको भेटका लागि समय बुधबार साँझ ६ बजेको समय लिएको र भेटमा आफूले देउवालाई सांसद पदको राजीनामा दिने बताए ।
पार्टी कार्यालयमा सर्लाही, धनुषा, बारालगायत जिल्लाका नेता तथा कार्यकर्ताहरू विगत दुई सातादेखि अनसन र धर्नामा बसेको भएपनि तिनको समस्या समाधान हुन नसकेकोले आफूले यस्तो बताए ।

सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा विजयी भएका थिए ।

नेपाली कांग्रेसका नेता सिंहले यो पटक मन्त्री बन्न खोजेकोले प्रधानमन्त्री देउवासँग भेट्न जान लागेको उनलाई चिन्न एक जनाले बताए ।

आफै केन्द्रीय सदस्य भएको मान्छेले केन्द्रीय सदस्य पदबाट राजीनामा दिनुपर्नेमा संसदबाट राजीनामा दिन गइरहेको बताएकोले नै शंका लागेको कांग्रेस पार्टीका एक नेताले बताए ।

कुनै बेला बालुवाटार र नेपाली राजनीतिमा विशेष चर्चा बटुलेक सिंह पछिल्लो राजनीतिक परिदृश्यबाट टाढिएको जस्तो देखिएकाले राजनीतिक वजन बढाउँन सिंह बालुवाटार जान लागेको ती नेताको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस !