२४ बैशाख २०८१, सोमबार

मुक्तिनाथ विकास बैंकको १२ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि विक्रीमा

प्रकाशित मिति :  22 July, 2021 2:26 pm


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । उक्त बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि विक्री खुला गरेको हो ।

बैंकले ७ वर्षे अवधिको ‘८.७५ % मुक्तिनाथ डिबेञ्चर २०८४/८५’ नामको ऋणपत्र कार्यालय अवधिपश्चात विक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्ये रू. ५० करोड बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ ।

सर्वसाधारणमा बिक्री गरिने कुल कित्ता ऋणपत्रमध्ये २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएकोमा १ हजार ५०० कित्ता बाँडफाँड गरिएको बैंकको भनाइ रहेको छ ।

यो ऋणपत्र खरीदका लागि छिटोमा साउन ११ गतेसम्ममा र ढिलोमा साउन २१ गतेसम्म बैंकिङ समय पश्चात् आवेदन दिन सकिने छ ।
उक्त ऋणपत्र खरीद गर्न चाहनेहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी त्रिपल बी आईएस’ रेटिङ प्रदान गरेको छ ।
बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट पनि ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस !