५ जेष्ठ २०८१, शनिबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  27 January, 2020 5:30 pm


काठमाडौं, १३ माघ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला रु ५०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार  छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५०० पुगेको छ।

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला रु ३०० ले बढेर छापावाला सुन प्रतितोला रु ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला रु ७५ हजार २०० मा खरिद बिक्री भएको थियो।

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएको छ।

महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९०० निर्धारण गरेको छ। माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।



प्रतिक्रिया दिनुहोस !