२ भाद्र २०७९, बिहिबार

गाडी सम्बन्धी सबै काम अनलाइनबाट बागमतीमा सुरु

प्रकाशित मिति :  23 July, 2021 1:26 pm


काठमाडौ ।बागमती प्रदेश सरकारले शुक्रबारदेखि सावरी साधनसम्बन्धी सबै काम अनलाइनबााट गर्न सकिने व्यवस्था सुरु गरेको छ ।

लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क लगायतका सम्पूर्ण सवारी साधन सम्बन्धी करलाई डिजिटल प्रविधिको उपयोग गरी गर्न सकिने र भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने व्यवस्था शुक्रबार देखि सुरु गरेको हो ।

हेटौडामा आयोजित एक समारोह बिच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय हेटौंडाले डिजिटल अनलाइन पेमेन्ट सेवा संचालनमा ल्याएको हो ।

सो सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने सरकारका अधिकारीहरूले जनाएका छन् ।

डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ई–बैंकिङ जस्ता डिजिटल सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने समेत यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ ।

यो सेवा प्रारम्भिक चरणमा बागमती प्रदेशमा मात्र संचालनमा ल्याइए पनि चाँडैनै देशभर लागू गरिने सरकारको योजना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !