२८ श्रावण २०७९, शनिबार

यातायात व्यवसायीले सरकारसमक्ष विभिन्न माग बुझाए

प्रकाशित मिति :  25 July, 2021 1:42 pm


काठमाडौ । यातायात व्यवसायीहरूले सडक प्रदर्शन गरी सरकारलाई विभिन्न माग बुझाएका छन् ।

आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका यातायात व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सार्वजनिक सवारीसाधनको साँचो बुझाए ।

सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा सो प्रदर्शन गरियो ।

यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने लगायतका माग उनीहरूले समावेश गरेका छन् ।

यसैगरी व्यवसायीहरुले भाडा समायोजन गरिनुपर्ने, २० वर्ष सवारी साधनको अवधि थप गर्नुपर्ने र सडक कानून लागू गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

व्यवसायीहरूले माग पूरा गर्न नसके यातायातको साँचो सरकारले जिम्मा लिनुपर्ने सांकेतिकरूपमा तयारी पारिएको साँचो प्रमुख जिल्ला प्रशासन कार्यालय मार्फत बुझाएकाा छन् ।



प्रतिक्रिया दिनुहोस !