२३ श्रावण २०७९, सोमबार

उर्जामन्त्री भुसालद्वारा विद्युत प्राधिकरणलाई बक्यौता महसुल उठाउन निर्देशन

प्रकाशित मिति :  25 July, 2021 7:42 pm


काठमाडौ । ऊर्जा , जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालेले नेपाल विद्युत प्राधिकरणका जिम्मेवार पदाधिकारीहरू बक्यौता महसुल उठाउन निर्देशन दिएकी छिन् ।

प्राधिकरणमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणका जिम्मेवार कर्मचारीले किन महसुल उठाउन सकेनन्, के कारणले रोकियो भन्ने बारेमा आफूलाई स्पष्ट जवाफ चाहिने भएको बताउँदै सो महसुल उठाउन भनेकी हुन् ।

चरम लोडसेडिङको समयमा ३०९ उद्योगी तथा व्यवसायीले सो प्रणालीमार्फत बिजुली लिएका थिए।

कूल १५ अर्ब ४३ करोड बराबरको महसुल उठाउन बाँकी रहेको विषयमा मन्त्रिपरिषद्ले अध्ययन समिति गठन गरी महसुल उठाउने जिम्मा यसअघि नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणलाई दिइसकेको थियो । तर महसुल उठाइएन ।

मन्त्री भुसालले भनिन “लामो समयसम्म महसुल किन उठ्न सकेन? त्यसको जिम्मेवार को हो? यो मन्त्री, प्रधानमन्त्रीको तहमा पुग्नुपर्ने विषय हो?”

उनले विसं २०७२ देखि २०७८ हालसम्म महसुल उठन नसकेका औद्योगिक करिडोरमा रहेका प्राधिकरणका कर्मचारीले के कस्तो काम गरे भन्ने बारेमा स्पष्ट विवरण उपलब्ध गराउन र सोहीअनुसार अगाडि बढ्न प्राधिकरणको नेतृत्वलाई निर्देशन दिएकी छन् । रासस



प्रतिक्रिया दिनुहोस !