२ भाद्र २०७९, बिहिबार

कामु प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी शर्मालाई दिने सरकारको निर्णय

प्रकाशित मिति :  27 July, 2021 6:07 pm


काठमाडौ । सरकारले कामु प्रधानसेनापतिको जिम्मेवारी नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको     छ ।

आज बसेको  मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने सम्हाल्न दिने निर्णय गरेको हो ।

वर्तमान प्रधासेनापति पूर्णचन्द्र थापा सेवानिवृत्त हुन लागेकाले शर्मालाई कामुको जिम्मेवारी दिने निर्णय गरेको हो । भदौ २४ गतेदेखि सेवा निवृत्त हुन लागेका सेनापति थापा यही साउन २४ गतेदेखि विदामा बस्दैछन् ।

सो निर्णय अनुसार शर्मालाई जिम्मेवारी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस !