१६ चैत्र २०८०, शुक्रबार

माओवादीमा कहिल्यै नफर्किने सार्वजनिक अभिव्यक्ति दिएका रायमाझी मलाई माओवादी बनाइदेउ भनी सर्वोच्चमा मागे गुहार

प्रकाशित मिति :  28 July, 2021 2:53 pm


काठमाडौ । नेकपा माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले सांसद पद कायम नै राखिदिन माग दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

सर्वोच्च अदालत पुगेर रायमाझीले मुद्दाको ट्ङ्गो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भनी रिट दर्ता गराएका हुन् ।

माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर रायमाझीलगायत पूर्व माओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।

कारबाही भएको र सांसद पदबाट हटाएको झन्डै ४ महिनापछि रायमाझी सर्वोच्च अदालतमा यो माग दाबी लिएर पुगेका हुन् ।

रायमाझीले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, अध्यक्ष पुष्पकमल दाहाल, निर्वाचन आयोग, संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गरेका हुन् ।

सर्वोच्च अदालतले रायमाझीको रिट बिहीबारका लागि पेशीमा चढाएको छ ।

रायमाझीसँगै माओवादीले हटाइसकेका नेताहरू खेमराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पनि माओवादी हौ भनी दाबी सहितको रिट लिएर सर्वोच्च पुगेका हुन् ।

अदालतले नेकपा एकीकरणलाई बदर गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँत्याउने फैसला गरेका बेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा आलीको सरकारमा यी चारै जना मन्त्री रहँदा आफूहरू माओवादीमा नफर्किने बताएका थिए ।

ओलीले पनि एमाले पार्टीमा उनीहरूलाई पार्टीको उपल्लो समितिहरूमा स्थान दिएका थिए । तर सर्वोच्चले ओलीले त्यसरी हेरफेर गरेको समितिलाई मान्यता नदिएपछि उनीहरू एमालेको संरचनामा पनि समावेश हुन सकेन् । अर्कोतर्फ माओवादीले पार्टीमा फर्कि आउ भन्दा आफूहरू माओवादीमा नफर्किने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !