१४ बैशाख २०८१, शुक्रबार

अफगानिस्तानमा चीनको संलग्नता सकारात्मक विकास हुने अमेरिकी विदेशमन्त्रीको बुझाइ

प्रकाशित मिति :  29 July, 2021 6:20 pm


काठमाडौ ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले काबुल र तलिबान बिचको कुनै राजनीतिक व्यवस्थापन सुनिश्चित गर्छ भने अफगानिस्तानमा चीले संरचनात्मक भूमिका खेल्ने सक्ने बताएका छन् ।

युद्धग्रस्त देश अफगानिस्तानमा द्वन्द्वको शान्तिपूर्ण समाधानका लाागि कुनै सकारात्मक भूमिका खेल्न चीनको संलग्नतालाई राम्रो मानिने विदेशमन्त्री ब्लिन्केनले बताए ।

तलिबानका प्रतिनिधित्वहरू यो साताको सुरुमा चीन पुगेर चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको राजनीतिक स्थितिबारे छलफल गर्न पुगे । अफगानिस्तानबाट अमेरिकी सेना फर्किन लागेपछि त्यहाँको अवस्थामा तलिबानी नेताले चिनियाँ विदेशमन्त्री वाङसँग छलफल गरे ।

चीनले अफगानिस्तानमा शान्ति तथा स्थायित्व ल्याउन तलिबानले एक महत्वपूर्ण भूमिका खेलने संकेत गरेको छ ।

तलिबानका एक प्रवक्ताले चीनले अफगानिस्तानको आन्तरिक मामिलामा रुचि नराखेको तर देशमा शान्ति पुनर्बहालीका लाागि सहयोग गर्न चाहेको बताएका छन् ।

अक्टोबर २००१मा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेको थियो । बीस वर्ष पछि अमेरिका आफ्नो सेना फिर्ता गर्न थालेको छ । तलिबानले अफगानिस्तानको अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !