२६ बैशाख २०८१, बुधबार

जसपाका यादव र ठाकुरलाई तर्साउने राजनीतिक दलसम्बन्धी ऐनको उपदफा

प्रकाशित मिति :  1 August, 2021 1:34 pm


काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३को उपदफा ३ ले जनता समाजवादी पार्टीका दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई तर्साइरहेको छ ।

३४ जना केन्द्रीय कार्यकारिणी समितिको बहुमत प्राप्त गरेपछि आफूलाई संसदीय दलको नेता घोषणा गर्न लगाएका यादव र पार्टीको राजनीतिक बाजी गुमाएका ठाकुर दुवैलाई सो ऐनको उपदफा ३ ले तसाईरहेको छ ।

चुनाव घोषणा भएको भए ठाकुरलाई अहिले भएको सकस भने हुँदैन्थ्यो । ठाकुरले पार्टी बनाएर अगाडि बढ्न सक्ने थिए । तर अहिले पार्टी बनाएर गए उनको पक्षका सांसदहरूको सांसद पद खोसिने खतरा रहेको छ । अहिले सांसद पद गुमाएर फेरि हुने निर्वाचनबाट जितेर आउने सम्भावना नरहेकोले ठाकुर पक्ष अवसरको खोजी गरिरहेको छ ।

यादवलाई आधिकारिता दिँदा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर पक्षसमेतको नाम उल्लेख गरी पठाउनुको मुख्य कारण जसपा अहिले विभाजन भएको भने होइन् । दुवै पक्ष जसपाकै सदस्य हुन् ।

यादवपक्षले उचित कारणको खोजी गरिरहेको छ । निर्वाचन आयोगमा जुन पक्ष पार्टी फुटाउने भनेर गए त्यो पक्षले सांसदको पद गुमाउनुपर्ने भएकाले दुवै पक्ष जसपामै रहेको बताइरहेका छन् ।

यादव पक्षले आधिकारिता पाएकाले ठाकुर भन्दा बलियो रहेको हो । बहुमत कार्यकारिणी समितिको निर्णय मान्य हुने भएकाले यादव पक्षले विभिन्न निर्णय गरिरहेको छ ।

हालै गरेको बैठकमा ठाकुर पक्षलाई नबोलाउँदा ती पक्षका नेताहरूले यादव पक्षले गल्ती गरिरहेको बताएका थिए ।

ठाकुर निकटका नेता डा. सुरेन्द्र झाले “बैठकमा हामीलाई नबोलाएर यादव पक्षले मनपरी गरिरहेको छ । आउँदा दिनमा उनीहरूलाई अप्ठयारो हुनेछ ।”

(२) कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमाा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरू समेत भइ नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यहरूले दल त्याग गरेको मानिने छैन ।
हुनत ठाकुरसँग संसदीय दलको चालीस प्रतिशत र केन्द्रीय कार्यकारिणी समितिको चालीस प्रतिशत रहेको छैन् । भएपनि उनले पार्टी फुटाउन सक्ने थिएनन् ।

सोही ऐनको ३३ले भन्छ “ (३) यस दफमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि उपदफा (२) बमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टै अर्को दल गठन हुन सक्ने छैन ।”

उपदफा ३ को प्रावधानले ठाकुरलाई समस्या पारिरहेको छ ।  चुनाव घोषणा भइसकेको भए ठाकुरलाई सजिलो हुने पार्टीका एक नेता सत्यनारायण मण्डलले बताएका छन् । यादव पक्षलाई आधिकारिता प्राप्त भइसकेकोले त्यो पक्ष स्वाभाविकरूपले बलियो हुन पुगेको छ । निर्णय लिन बहुमत आफूसँग रहेकोले यादवललाई सजिलो भएको छ ।

ठाकुरले सर्वोच्चमा आयोग र आयोगको निर्णय पछाडि गुमिसकेको राजनीतिक बाजी कुनै पनि तरिकाले फर्काउने प्रयास हो । ठाकुर पार्टीमा रहिरहेकाले कुनबेला राजनीतिक नाडी समातेर अप्ठयारोमा पार्ने चिन्ता यादवलाई रहेको छ । ठाकुर पक्ष पार्टी छोडेर अर्को पार्टी दर्ता गराउन पहल नलिनु र पार्टीमै रहेको जिकिर गर्नुले यादव पक्षलाई पनि तर्साइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !