१३ बैशाख २०८१, बिहिबार

देशभरका वडामा कमिटी गठन गर्ने माओवादी केन्द्रको निर्णय

प्रकाशित मिति :  1 August, 2021 2:03 pm


काठमाडौ । देशभरिका वडामा नेकपा माओवादी केन्द्रको समिति गठन गर्न पार्टीले निर्देशन दिएको छ । आज बसेको स्थायी स्थायी कमिटी बैठकले  साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको हो । देशभर ६ हजार ७ सय ४३ वडा रहेका छन् ।

वडा कमिटी गठन गरी त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिनुपर्ने छ । साउन ३० मा माओवादी केन्द्रले बोलाएको केन्द्रीय कमिटी बैठकमा त्यसलाई प्रस्तुत गरिने भएको छ ।

केन्द्रीय सदस्यहरूले आ-आफ्ना मातहतका प्रदेश सभा भित्रका वडा कमिटीको विवरण उपलब्ध गराउन नेता नारायणकाजी श्रेष्ठले भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीको टुंगो लगाउने विषयमा छलफल गर्न फेरि सोमबार स्थायी कमिटी बैठक बोलाइएको छ । ।

 



प्रतिक्रिया दिनुहोस !