२९ बैशाख २०८१, शनिबार

काेराेना प्रभावः एप्पल, गुगलका चीनमा रहेका कार्यालय बन्द

प्रकाशित मिति :  2 February, 2020 11:26 am


काठमाडाैं, १९ माघ । 

काेराेना भाइसरकाे प्रभाव प्रविधि कम्पनीहरूले पनि झेलिरहेका छन् । केही समयका लागि भन्दै गुगलले चीनमा रहेका सम्पूर्ण कार्यालय बन्द गरिसकेकाे छ भने एप्पलले पनि बन्द गर्ने निर्णय गरेकाे छ ।

एप्पलले चीनमा भएका आफ्ना सम्पूर्ण आधिकारीक स्टोरहरु तथा कर्पोरेट कार्यालयहरु फरबरी ९ तारिखसम्मका लागि बन्द गर्ने भएको हाे ।कम्पनीले चीनमा फैलिरहेको कोरोना भाइरसले हालसम्म २५० भन्दा बढि मानिसको मृत्यु भईसकेको कारणले गर्दा आफ्ना स्टोर र कार्यालयहरु बन्द गर्न लागेको शनिवार जानकारी गराएकाे छ।

यो साताको शुरुवातमा नै एप्पलले भाइरस फैलिने डरले चीनमा आफ्ना ३ वटा स्टोरहरु बन्द गरेको थियो । ”जोखिमको अवस्था र स्वास्थ्य विज्ञहरुको पछिल्लो सुझावअनुसार हामी हाम्रा कर्पोरेट कार्यालयहरु,स्टोरहरु र कन्ट्याक्ट सेन्टरहरु मेनल्याण्ड चीनमा ९ फरबरीसम्म बन्द गर्नेछौ,” एप्पलले स्टेटमेन्ट जारी गर्दै भनेको छ । कम्पनीले ती स्टोरहरु सकेसम्म छिटो भन्दा छिटो खोल्ने बारेमा हेरिने बताएको छ ।

एप्पल बाहेक कयौं कम्पनीहरुले चीनमा आफ्ना स्टोरहरु हाल बन्द गरेका छन भने कर्मचारीहरुलाई घरबाटै कामगर्न र चीन भ्रमण नगर्न सचेत गराएका छन् । टेक कम्पनी एप्पल विशेषगरि चीनमा स्मार्टफोन बिक्रीका साथसाथै आफ्नो आपूर्ति र उत्पादनसँग पनि आधारित छ । भाइरस फैलिएको बुहान शहर र हुबेई प्रान्तमा एप्पलसमेतका आपूर्तिकर्ताहरु रहेका छन् ।

यसअघी गुगलले पनि त्यस्तै निर्णय लिइसकेको छ । गुगगले पनि केही समयका लागि कार्यालयन बन्द गर्ने निर्णय गरिसकेको थियो । एप्पल गुगलसँगै विश्वका अन्य चर्चित प्रविधि तथा व्यापारिक कम्पनी माइक्रोसफ्ट र अमेजनले पनि चीनमा रहेका आफ्ना कार्यालय तत्कालका लागि बन्द गर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !