त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो अमेरिकी टोली
प्रकाशित मिति : 3 February, 2020 5:09 pm
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2020/02/84584188_909995639416888_2021005309333471232_o.jpg?fit=621%2C960&ssl=1)
२० माघ, काठमाडौं ।
आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिकी टोली आज नेपाल आइपुगेको छ ।
यही फेब्रअरी ५ बुधबार बाट कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजमा घरेलु टोली नेपालसहित अमेरिका र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।
३ दिन भारतको मुम्बईमा प्रशिक्षण र अभ्यास खेल खेलेर नेपाल अमेरिकी टोली नेपाल आइपुगेको हो ।
माघ २२ देखि २९ गतेसम्म हुने सिरिजमा तीन टोलीबीच एकापसमा दुई–दुई खेल हुनेछ ।
अमेरिकी क्रिकेट टिम एक दशकपछि नेपाल आएको हो । सन् २०१० मा नेपालमै भएको डिभिजन ५ मा खेल्न अमेरिका पछिल्लो पटक काठमाडौं आएको थियो।