२४ बैशाख २०८१, सोमबार

नबिल बैंकको ३६ लाख ४२ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति :  13 August, 2021 4:40 pm


काठमाडौं । नेप्सेमा शुक्रबार आज एक कम्पनीको सेयर सूचीकृत भएको छ । सेयर सूचीकृत हुनेमा नबिल बैंक लिमिटेड रहेको छ ।

नेप्सेका अनुसार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट ३६ लाख ४२ हजार ९२१.२६ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

अब युनाइटेड फाइनान्सका सेयरधनीहरूको सेयर नबिल बैंकको नामबाट खातामा देखिनेछ ।



प्रतिक्रिया दिनुहोस !