१ पुस २०८२, मंगलबार

प्रदेश २का नवनियुक्त प्रमुख मिश्रको शपथ सम्पन्न

प्रकाशित मिति :  17 August, 2021 3:49 pm


काठमाडौ । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रको शपथ ग्रहण कार्यक्रम पूरा भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !