डेब्यु खेलमै कुशलको विश्व कीर्तिमानी

२५ माघ, काठमाडौं ।
एकदिवसीय अन्तराष्ट्रिय डेब्यु खेलमै अर्धशतक प्रहार गर्दै कुशल मल्लले विश्व कीर्तिमान बनाएका छन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा पहिलो जितको खोजीमा मैदान उत्रिएको नेपाली
टोलीका कुशल मल्लले अमेरिकाबिरुद्व अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम राखेका हुन् ।
कुशल कम उमेरमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि नेपालकै रोहित कुमार पौडेलको नाममा रहेको सो कीर्तिमान मल्लले तोडेका हुन । पौडेलले बनाएको १६ बर्ष १ सय ४६ दिनको उमेरको कीर्तिमान मल्लले भने १५ बर्ष ३ सय ४० दिनमा तोड्दै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् ।
मल्ले ४ चौका, ३ छक्काको मदतले अर्धशतक पुरा गरेका हुन् ।
त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रिएको नेपालले ४९.२ बलमा अलआउट हुँदै १ सय ९१ रनको लक्ष्य पस्केको छ ।
नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।