भाजपा विदेश विभाग प्रमुख चौथाइवाला प्रधानमन्त्रीलगायत नेताहरू भेट्दै
प्रकाशित मिति : 23 August, 2021 1:44 pm
काठमाडौं । भारतीय जनता पार्टीको विदेश मामिला प्रमुख विजय चौथाइवालाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओली निवास बालकोटमा भेटवार्ता गरेका छन् ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका चौथाइवालाले सोमबार पूर्व प्रधानमन्त्री ओलीसँग भेटेका हुन् ।
केही साताअघि प्रधानमन्त्री पदमा ओली रहेकै बेला चौथाइवालाले उनलाई भेटेका थिए । पदबाट हटेका ओलीलाई भेट्न बीजेपी नेता चौथाइवालेले सोमबार बिहान उनको निवास पुगेका थिए ।
दुई देश बीचको सम्बन्ध सुधार गर्न चौथाइवालाको यो भ्रमण भएको उनले बताएका हुन् ।
चौथाइवालाले भनेका छन् “ प्रतिपक्षी दलका नेता ओलीसँग भारत नेपाल बीचको प्रगतिका बारेमा ओलीसँग आफ्नो कुराकानी सकारात्मक भएको थियो ।”







