३ पुस २०८२, बिहिबार

१० बुँदे कार्यान्वयन गर्न ओली सहमत, मंगलबार स्थायी कमिटी बैठक

प्रकाशित मिति :  23 August, 2021 3:38 pm


काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशको सहुलियतमा नेकपा (एकीकृत समाजवादी) पार्टी खोली सकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सम्झौतामा सहमति जनाएका छन् ।

नेता नेपाल पक्ष र ओली पक्षलाई मिलाउन दुवै पक्षका भनिएका नेताहरूले बसेर तय गरेको १० सम्झौतालाई ओलीले कार्यान्वयन गर्ने सहमति गरेका हुन् ।ओलीको निजी निवास बालकोटमा सोमबार भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी स्थायी कमिटी बैठकमा तय हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका हुन् ।

१० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि भोलि स्थायी कमिटी बैठक बस्छ । केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशील हुन्छन् । त्यसबारे निक्र्यौल गर्न स्थायी कमिट बोलाइएको भट्टराईको भनाइ छ ।

सचिव भट्टराईले आफूहरूको सहमतिबिनै माधव नेपालले नयाँ पार्टी गठन गरेको आरोप लगाए । उनले नेता माधव नेपाललाई एकतामा आउन अपिल गरे ।

एमाले प्रवक्ता प्रदिप ज्ञवालीले स्थायी कमिटी बैठक भोलि ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने जनाए । त्यसपछि आयोगले जारी गरेको निर्देशिकामा आरक्षणको सवाल बाबुको जातिको आधारमा तय हुने भएकोले पतिको आधारमा नहुने भएकोले यो अधिकार नदिइएको हो ।

निर्वाचन आयोगका अनुसार नेपालका जातीहरूको समानता भारतीय जातीहरूसँग भएको प्रमाण भए मात्र जातीय अधिकारको आरक्षण नेपाली चेलीले पाउने छिन् ।



प्रतिक्रिया दिनुहोस !