२२ बैशाख २०८१, शनिबार

सर्वोच्चका श्रीमानले कुलमानलाई हटाउने आदेश गर्लान् ?

प्रकाशित मिति :  24 August, 2021 12:22 pm


काठमाडौं । सर्वोच्च अदालतका श्रीमानले हालै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका कुलमान घिसिङलाई हटाउने आदेश गर्ने-नगर्ने चर्चा चल्न थालेको छ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्ति गरिपछि त्यस विरूद्ध परेको रिटमाथि सुनुवाइका लागि मंगलबार तोकिएको पेशी सूचना अनुसार सो रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा परेको छ ।

घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको दाबी गरी हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए । सोही रिटमा सुुनुवाइका लागि पेशी तोकिएको हो ।

‘प्राधिकरणको कार्यकारी निर्देशक पदबाट मैले राजीनामा नदिएकोले कानुनी आधार बिना घिसिङको नियुक्ति खारेज गरी पाउँ’ भन्ने माग दाबी सहित सर्वोच्च पुगेका शाक्यले आफ्नो यथावत रहेको नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई नियुक्ति गर्ने कार्य कानून र औचित्यको समेत प्रतिकूल हुने जिकिर लिएका छन् ।

साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले आफूलाई ऊर्जा आयोगको विज्ञको रूपमा नियक्ति गरेकोमा पनि उनले असन्तुष्टि जनाउँदै आएका छन् । सो पद आफूले स्वीकारै नगरी आफूलाई विस्थापित गर्ने गरी कुलमानको नियुक्ति भएको शाक्यले सर्वोच्च समक्ष जानकारीसहित उपस्थित भएका छन् ।

यसअघि सो रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको बखत त्यसलाई हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !