१ पुस २०८२, मंगलबार

दुई दलले औपचारिकता पाएसँगै संसदमा मान्यता पाएका दलको संख्या ६ पुग्यो

प्रकाशित मिति :  26 August, 2021 1:05 pm


काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट टुक्रिएर बनेको दुई दल नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि संसदमा मान्यता  पाएका दलहरूको संख्या ६ पुगेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३को दफा ५२मा राष्ट्रिय दलको मान्यता प्राप्तसम्बन्धी प्रावधान अनुसार “ प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछ ”

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खोलेको नेकपा (एकीकृत समाजावदी) पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै यो दल संघीय संसदको चौथो ठूलो दल बनेको छ ।

यसैगरी जनता समाजवादी पार्टीबाट टुक्रिएर महन्थ ठाकुरको अध्यक्षतामा बनेको लोकतान्त्रिक समाजवादी पार्टी छैठौं दल बनेको छ ।
९ गते पार्टीको केन्द्रीय सदस्यहरूको सनाखत निर्वाचन आयोगमा भएपछि दुवै दललाई पार्टीको मान्यता दिएको थियो ।

नेकपा (एकीकृत समाजवादी) मा संघीय संसदमा २९ जनाभन्दा धेरै सांसद छन् । बुधबार प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ७ जनाले आयोगमा उपस्थित भएर सनाखत गरेका थिए ।

तर यो संख्याभन्दा धेरै अध्यक्ष नेपालतर्फ लागेका छन्। पार्टीका वरिष्ठ नेता रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतमा उपचार गराइरहेका छन्। उनले दिल्ली दूतावासमार्फत् बुधबार सनाखत पठाएका थिए।

एमालेको विभाजन पछि सबै भन्दा ठूलो दल एमाले नै रहेको छ ।

संसदमा दोस्रो ठूलो दल नेपाली कांग्रेसका दुई जना निलम्बित भइ बाँकी ६१ जना सांसद छन ्। तेस्रो ठूलो दल भने नेकपा माओवादी केन्द्रका ४८ जना सांसद छन् ।

चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी) मा २९जना सांसद छन्। जनता समाजवादी पार्टी जसपा पाँचौं ठूलो दल बनेको छ।
जसपामा ३४ जना सांसद मध्ये १४ जना महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि सनाखत गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !